Techie IT
२०८२ वैशाख ११, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकेपी ओलीमाथि भएको आक्रमणबारे एमालेले माग्यो सरकारसँग जवाफ

केपी ओलीमाथि भएको आक्रमणबारे एमालेले माग्यो सरकारसँग जवाफ


काठमाडौँ। नेकपा एमालेका सांसद योगेश भट्टराईले आफ्ना पार्टीका नेतामाथि भएको आक्रमणबारे सरकारसँग जवाफ मागेका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले आफ्ना नेतामाथि सांघातिक आक्रमण हुँदा समेत सरकार मौन रहेको भन्दै आपत्ति जनाएका हुन्।

उनले कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलनरत पहिचानवादीहरूको प्रदर्शनमा आफ्ना नेताहरूमाथि आक्रमणको प्रयास भएको भन्दै गृहमन्त्रीको जवाफ मागेका छन्। उनले भने, ‘केही महिनाअघि पार्टीका अध्यक्ष केपी शर्मा ओली, संसदीय दलका उपनेता सुवास नेम्बाङलगायतको टोलीमाथि आक्रमण भयो। अवरोध सृजना भयो। कालो झन्डा देखाइयो। बाटोमा एम्बुस पनि थापिएको थियो। तर सो घटनाबारे सरकारबाट केही जानकारी आएन। यस्तो किन भइरहेको छ?’

उनले बिहीबार इलाममा र उदयपुरमा आफ्ना नेतामाथि आक्रमणको प्रयास भएको बताए।

आफ्ना नेतालाई निशाना बनाउँदै पटक पटक आक्रमण हुँदा पनि सरकारले सुरक्षा दिन नसकेको बताए। राज्यले आफ्ना नेता कार्यकर्ताको सुरक्षा दिन नसके एमाले आफै आफ्ना नेता तथा कार्यकताको सुरक्षा गर्न सक्षम रहेको उनको भनाइ छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी

युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु

एजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा

काठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

Techie IT