Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिविपक्षीको विरोधको बीच प्रधानमन्त्रीले पाए विश्वासको मत

विपक्षीको विरोधको बीच प्रधानमन्त्रीले पाए विश्वासको मत


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् ।

विश्वासको मत लिने प्रकृयामा १५८ सांसदको उपस्थित रहेकोमा प्रधानमन्त्री प्रचण्डको पक्षमा १५७ मत परेको छ भने विपक्षमा १ मत परेको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूको नाराबाजीको बीचमा सभामुख देवराज घिमिरेले आजको कार्यसूचीमा रहेको प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया शुरु गरेका थिए ।

बेल घेराउ गर्दै नाराबाजी गरिरहेका कांग्रेसका सांसदहरूलाई मर्यादापालकले घेरे । सभामुखले प्रतिपक्षीलाई पेलेरै कारबाही शुरु गरेका हुन् । उनले विश्वासको मत माग्न प्रधानमन्त्रीलाई रोस्ट्रममा बोलाए ।

प्रधानमन्त्रीले यो सरकारले धेरै राम्रा काम गरेको केही कुरा राखेर विश्वासको मत मागे । त्यसपछि विश्वासको मतको समर्थन गर्दै एमालेका विष्णु पौडेलले पनि सत्ता नपाएकोले कांग्रेस अत्तालिएर संसदमा अनैतिक र गैरराजनीतिक क्रियाकलाप गरिरहेको आरोप लगाए ।

अहिले सदनमा प्रतिपक्षको नाराबाजी र अर्कोतिर विश्वासको मत लिने प्रक्रिया चलिरहेको छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

Techie IT