Techie IT
२०८१ मंसीर ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसंसदीय छानबिन समिति गठनका लागि दलहरु सहमत

संसदीय छानबिन समिति गठनका लागि दलहरु सहमत


काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल कांग्रेस संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बेलुका भएको सत्ता गठबन्धन र नेपाली कांग्रेसका शीर्ष नेताबीचको छलफलमा संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत भएका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । लेखककाअनुसार छानबिन समितिको कार्यादेश अर्थात् टिओआर आज बिहानको छलफलपछि टुङ्गो लाग्नेछ ।

‘सदनमा भइरहेको गतिरोध अन्त्यका लागि छानबिन समिति बनाएर जानुपर्छ भन्नेमा सकारात्मक छलफल भयो । सँगसँगै समितिको कार्यादेश के हुने भन्ने विषयमा पनि काम गर्ने कुरा भएको छ,’ सचेतक लेखकले भने, ‘समिति गठन गरेर जाने भन्नेमा सबै राजनीतिक दलहबीच समान धारणा बनेको छ । यसलाई उपलब्धीमूलक र सकारात्मक नै मान्नुपर्छ ।’

छानबिन समितिको कार्यादेश निर्माणका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहजीकरण गर्ने र सबै दलका नेता बसेर त्यसलाई मूर्तरुप दिने तयारी छ । गिरिको संयोजकत्वमा कांग्रेस सहमहामन्त्री जीवन परिवार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सम्मिलित कार्यदल गठन भएको छ ।

छानबिन समिति गठन गर्ने सहमति भएसँगै समितिको कार्यादेश निर्धारणका लागि तयारी थालिएको र आजको संसद् बैठक सहजरुपमा अघि बढ्ने विश्वास गरिएको छ ।

आज संसद् बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इनास र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपीडितलाई राहत

काभ्रेपलाञ्चोक । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडित परिवारलाई राहत सहयोग प्रदान गरिएको छ ।इनास र

बीआरआई अन्तर्गत चीनसँग अनुदान सहायता लिँदा राम्रो: काँग्रेस प्रवक्ता महत

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चीनको बीआरआई (बेल्ट एण्ड रोड इन्सिएटिभ) परियोजना अन्तर्गत ऋण सहायता लिन

सरकार ०८४ सम्म जान्छ: ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र एमालेको सहकार्य ०८४ सम्म हुने बताएका छन् । उनले काठमाडौँमा भएको कार्यक्रमलाई

एमाले समाप्त पार्ने प्रपञ्च हुँदै छ: शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफल बनाउने उद्देश्यले भ्रमको

चिनले लागु गर्‍यो २९ देशमा एकपक्षीय भिसा मुक्त नीति

एजेन्सी । चीनले अन्तर्राष्ट्रिय यात्रालाई बढावा दिने प्रयास स्वरुप फ्रान्स, जर्मनी लगायत २९ वटा देशका लागि एकपक्षीय भिसा–मुक्त नीति लागू

कोटेश्वरमा दुर्गा प्रसाईंका समर्थकको प्रदर्शन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले कोटेश्वर क्षेत्रमा प्रदर्शन शुरु गरेको छन् । कोटेश्वरमा भेला भएर उनीहरूले प्रदर्शन शुरु

Techie IT