Techie IT
२०८१ चैत्र २८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकांग्रेसले गृहमन्त्रीलाई बोल्न दिन्छः अध्यक्ष ओली

कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिन्छः अध्यक्ष ओली


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अवरुद्ध संसद् खुलाउन राजनीतिक दलहरूबीच छलफल भइरहेको बताएका छन् ।

बिहीबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा उनले यस्तो बताएका हुन् । साथै, उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने पनि बताए ।

‘संसद खुलाउनका लागि छलफल भइरहेको छ। कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिन्छ नि, नदिएर हुन्छ ? एउटा पार्लियामेन्ट मेम्बरलाई बोल्न नदिएर कहाँ हुन्छ र ?,’ उनले भने ।

रास्वपा सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बन्नुपर्ने कांग्रेसको माग छ । उता, सभापति लामिछानेले भने आफूले संसद्मा बोल्न पाउनुपर्ने माग राख्दै आएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको

Techie IT