सरकारको विकल्पबारे सोचेका छैनौंः माधव नेपाल

फाइल फाेटाे
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारको विकल्पबारे आफूहरूले नसोचेको बताएका छन् । पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारमा भएकाले सरकारको भलोकै पक्षमा रहेको बताए ।
‘अहिले हामी यो सरकारमा छौँ, सरकारमा सहभागी भएकाले भलो चाहन्छौँ । भलो चाहिसकेपछि अन्य कुरा सोच्नु कुरा भएन ।’ अध्यक्ष नेपालले भने, ‘यो समीकरणमा हाम्रो पार्टी पनि सहभागी छ, केन्द्र प्रदेश सरकारमा पनि छ । सुदूरपश्चिममा सबै दलको सहयोगमा हाम्रो पार्टीको मुख्यमन्त्रीले विश्वासको मत पाउने विश्वास व्यक्त गरेका छौँ । कोशी प्रदेशमा हामीसँग सल्लाह भएर सरकार बनेको होइन ।’
जसपा विभाजित भएपछि समाजवादी मोर्चाको भविष्य संकटको अवस्थामा रहेको बताए । उनले पार्टी विभाजनको लागि प्रयत्न भइरहेको भन्ने कुनै प्रमाण भए आफूलाई सूचना दिन आग्रह गरे ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार
काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका
मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम
गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम
बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूले संविधानको रक्षाका लागि एकसाथ उभिने निष्कर्ष निकालेका छन् ।