गृहपृष्ठ ∕
राजनीति ∕
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई एमालेले विश्वासको मत दिने सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई एमालेले विश्वासको मत दिने
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विहिबार विश्वासको मत लिँदैछन् ।मुख्यमन्त्रीमा समर्थन गरेका दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्तिका दुई सांसद र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिनेछन् ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षीय पाँच सांसदले भने मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने छैनन् ।
यस अघिसम्म एमाले विश्वासको मत दिन तयार नभएपछि दुई पटकसम्म प्रदेश सभा बैठक स्थगित गरिएको थियो। बैशाख २१ र २२ गते प्रदेश सभा बैठक आह्वान गरिए पनि एमाले तयार नभएपछि तेस्रो पटक जेठ ३ गते विश्वासको मत लिन बैठक आह्वान गरिएको छ।
एमाले संसदीय दलको बुधबार बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ । मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय भएको एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस
काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति
कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।
इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार
काठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा
काठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी