Techie IT
२०८१ फागुन ५, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसभामुख घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै

सभामुख घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै


काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्दैछन् । बैठक सभामुखको कार्यकक्षमा मंगलबार बिहान ११ः३० बजेका लागि बोलाइएको हो ।

सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकमा बोलाएका छन् ।

वैशाख २८ गतेदेखि सुरु हुने संसदको बर्खे अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरूलाई बोलाएको सभामुखको सचिवालयले जनाएको छ ।

सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति समेत रहेका गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समितिको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरुद्ध गरेको थियो । काँग्रेसले आफूहरूका माग पूरा नभए संसद् बैठक चल्न नदिने अडान कायमै राखेको छ ।

नियमित रूपमा बैठक सञ्चालन गर्ने विषयमा सहमति जुटाउने प्रयासस्वरूप सभामुखले शीर्ष नेताहरूको बैठक बोलाएका हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज

काठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको बर्न अस्पतालमा उपचार, दुबैजना…

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख

Techie IT