Techie IT
२०८२ वैशाख १६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिबझाङमा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

बझाङमा एमालेका दमनबहादुर भण्डारी निर्वाचित


काठमाडौँ । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा भएको उपचुनावमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भएका छन् ।

एमालेका उम्मेदवार भण्डारी ११ हजार ६ सय १३ मत प्राप्त गरी विजयी भएको निर्वाचन आयोगले जनाएको छ । भण्डारी २ सय ६७ मतान्तरसहित विजयी भए ।

भण्डारीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गर्नुभयो । यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८ सय ३१ र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत प्राप्त गरेका आयोगले जनाएको छ ।

अस्ति शनिवार भएको उपचुनावमा ३० हजारभन्दा धेरै मतदान भएकोमा अहिलेसम्म २८ हजारभन्दा धेरै मतगणना भइसकेको छ ।

२०७९ मा भएको चुनावमा यस क्षेत्रमा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार १ सय १२ मत ल्याएर निर्वाचित भएका थियो । एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ३६ मत ल्याए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

छापा पत्रकारिता: सम्भावना र रणनीति

समयले हरेक क्षेत्रमा परिवर्तन ल्याउँछ। प्रकृतिदेखि सामाजिक क्षेत्रमा समेत परिवर्तनले आफ्नो प्रभाव छाडेर गएको हामी देख्न सक्छौँ । मानव जीवनमा

‘माया प्रीति’मा आशीर्वाद क्षेत्रीको अभिनय रहने

काठमाडौँ । निर्माणको चरणमा रहेको नेपाली चलचित्र ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ ।

द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौता

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस

विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति

तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।

अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय

इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार

Techie IT