Techie IT
२०८२ वैशाख १५, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसहकारी ठगको सम्पत्ति जफत गरेर बचतकर्तालाई नतिरेसम्म राजनीतिबाट विश्राम लिन्नँः गृहमन्त्री लामिछाने

सहकारी ठगको सम्पत्ति जफत गरेर बचतकर्तालाई नतिरेसम्म राजनीतिबाट विश्राम लिन्नँः गृहमन्त्री लामिछाने


काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको सम्पत्ति जफत गरेर बचतकर्तालाई नतिरेसम्म राजनीतिबाट विश्राम नलिने घोषणा गरेका छन् । इलाम २ मा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले यस्तो घोषणा गरेका हुन् ।

सहकारी ठग्नेहरुको सम्पत्ति जफत गरेर बचतकर्तालाई तिर्ने कानूनी तयारी भइरहेको गृहमन्त्री लामिछानेको भनाई छ । उनले प्रधानमन्त्रीलाई समेत जानकारी गराएर आफूले काम थालेको जानकारी दिए ।

विपक्षीहरुले सहकारी गठीबारे हल्ला गर्दै हिँडेको तर, आफूहरुले भने काम गरिरहेको लामिछानेको भनाई छ । चाँडै नै नीति ल्याएर, कानूनमा आवश्यक संसोधन गरेर सहकारी ठगेर भागेकाहरुको सम्पत्ति रोक्का गरी सबै सम्पत्ति बेचेर भए पनि सानासाना वचतकर्ताको तिर्न सुरु गरिने उनको घोषणा छ ।

हिजोसम्म चप्पल पड्काउनेको टोपी खस्ने महल कसरी भयो भन्दै लामिछानेले भाञ्जाका नाममा, भतिजका नाममा, सालासालीका नाममा देशमा विदेशमा कसका नाममा राखेको छ, सम्पत्ति सुद्धिकरण विभागले खोज्ने बताए ।्




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति

तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।

अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय

इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार

लन्डनमा स्ट्याण्डअप कमेडीमा उत्रिँदै राजेश हमाल

काठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा

‘समयभित्रको समय’ सार्वजनिक

काठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

Techie IT