Techie IT
२०८१ चैत्र २८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिनेपालको राजालाई पनि आफ्नो स्थान, श्रीपेच र इज्जत देउः राप्रपा

नेपालको राजालाई पनि आफ्नो स्थान, श्रीपेच र इज्जत देउः राप्रपा


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपालको राजालाई पनि आफ्नो स्थान, श्रीपेच र इज्जत देन माग गरेको छ । सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपालको राजकीय भ्रमणमा आउने दिन सार्वजनिक बिदा दिएपछि राप्रपाले सो माग गरेको हो ।

सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेपछि राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले संक्षिप्त प्रतिक्रिया दिँदै आफ्ना राजालाई पाखा लगाएर विदेशी राजालाई सम्मान गरेको टिप्पणी गरेको हो । उनले नेपालका राजालाई पनि सम्मान गर्न आग्रह गरेका छन् ।

विदेशीको योजनामा नेपालका राजालाई पाखा लगाइएको उनको भनाइ छ । उनले नेपालका राजालाई पनि स्थान, श्रीपेच र इज्जत दिन माग गरेका छन्।

‘कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि नेपाल आउँदा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । आफ्नो देशको राजालाई विदेशी योजनामा पाखा लगाएकाहरुले विदेशकै राजालाई भएपनि सम्मान दिएछ !’ प्रवक्ता श्रेष्ठले लेखेका छन्, ‘नेपालको राजालाई पनि आफ्नो स्थान, श्रीपेच र इज्जत देउ । सबैभन्दामाथि देश ।’

थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा दुई दिने भ्रमणमा नेपाल आउनका लागेका हुन् । भ्रमणका क्रममा द्विपक्षीय सम्झौता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको

Techie IT