Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसरकार हरेक हिसाबले असफल भइसक्यो: डा. भट्टराई

सरकार हरेक हिसाबले असफल भइसक्यो: डा. भट्टराई


काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पाटीका अध्यक्ष डा. बावुराम भट्टराईले मुलुकमा सुशासन, आर्थिक विकास, राजनीति स्थिरता र भ्रष्टाचार नियन्त्रण लगायत सबै हिसाबले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार असफल भइसकेको बताएका छन् । असफल भइसकेको सरकार धेरै दिन टिक्न नसक्ने उनले ठोकुवा गरे ।

‘जता काफल पाक्यो, उतै चरी नाच्यो जस्तै गरेर, बच्चाले भाँडाकुटी बनाएर भत्काएजस्तो गरी सरकार बनाउने र भत्काउने गर्ने काम मात्रै भयो,’ मालारानी गाउँपालिका–५ बाँगी गुराँसेमा भएको कार्यक्रममा भट्टराईले प्रधानमन्त्री दाहालतर्फ इंगित गर्दै भने, ‘तीन पटक सरकार फेर्दा पनि मुलुकमा थप अस्थिरता निम्तेको छ । बेरोजगारी समस्या झन बढ्दै गयो, अहिले त पढ्नका लागि विद्यार्थीले देश छाडेर जाने स्थिति आयो ।’

दलहरु निजी कम्पनी जस्तै भएको, स्वार्थ र फाइदाका पछाडि हिँड्ने प्रवृत्तिले मुलुकमा भ्रष्टाचार दिनप्रतिदिन मौलाउँदै गएको बताए । केन्द्रमा सरकार परिवर्तन भएपछि स्वयत्ता भनिएको प्रदेश सरकार पनि भताभुंग बनाएपछि स्थिरता नभएको उनको टिप्पणी छ ।

भट्टराइले सरकारले भ्रष्टचारीलाई कारबाही र दण्डित गर्ने भन्दापनि आफ्ना नेतालाई जोगाउने र अरुसँग प्रतिशोध साँध्ने काम गरेको टिप्पणी गरे । वर्तमान गठबन्धन सरकार धेरै दिन नटिक्ने बताए । सरकार भताभुंग पार्नेतिर ध्यान भएकाले देशमा राजनीति स्थिरता, सुशासन देश विकासको मुद्दा कसरी बन्छ भन्नेतिर सरकारको सोच नभएको उनले बताए ।

वर्तमान निर्वाचन र शासकीय प्रणाली छ, यसले स्थितरता दिँदैन, समानुपातिक, समावेशीअनुसार कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित सांसदको व्यवस्था गर्नुपर्ने उनले बताए । जन लोकपाल गठन गरेर जानुपर्ने उनको भनाइ छ । यसो गरिए मुलुकमा तीव्र आर्थिक विकास गर्ने र ३० वर्षभित्र बेरोजगारी मुक्त सहितको समृद्धि नेपाल बनाउन सकिन्छ, उनले भने, एउटा राष्ट्रिय विकास प्राधिकरण बनाएर देशको विकास योजना निर्माण गरेर अगाडी बढ्नुपर्छ । म विकास योजनाको विद्यार्थी पनि हुँ, मैले सघाउँछु।

आफूले वैकल्पिक राजनीति शक्ति बनाउन लागेको पनि उनले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

पर्यटकको रोजाइमा विचित्र गुफा

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूले संविधानको रक्षाका लागि एकसाथ उभिने निष्कर्ष निकालेका छन् ।

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

Techie IT