Techie IT
२०८१ फागुन ६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिप्रतिपक्षमा पुगेपछि कांग्रेस बर्बराउन थालेको छः रवि लामिछाने

प्रतिपक्षमा पुगेपछि कांग्रेस बर्बराउन थालेको छः रवि लामिछाने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस प्रतिपक्षमा पुगेपछि बर्बराउन थालेको आरोप लगाएका छन् ।

इलाम–२ को लारुम्बामा चुनावी सभालाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले रास्वपा प्रतिपक्षमा हुँदा निभाएको भूमिका हेर्न कांग्रेसलाई आग्रह गरे ।

‘भर्खरै केही साथीहरू प्रतिपक्षमा पुग्नु भएको छ । प्रतिपक्षमा पुग्ने बित्तिकै बर्बादै भयो । सकियो । आफ्ना कैयौं चिज थाहा हुने भयो भनेर अलिअलि बर्बराउन थाल्नुभयो होला । अलिअलि गनगन गर्न थाल्नुभयो होला,’ लामिछानेले कांग्रेसप्रति टिप्पणी गरे ।

रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुको पक्षमा मत माग्दै लामिछानेले इलाम–२ का स्वास्थ्य चौकी, अस्पताल बाटो हेरेर ३० वर्षमा पुराना पार्टीहरूले गरेको काम देखिने बताए ।

‘जे छ, त्यही ठीक छ भन्ने लाग्छ भने त्यस्तैलाई निरन्तरता दिनुपर्दछ । होइन अब हामीले मत परिवर्तन गर्नुपर्छ भन्ने लाग्छ भने अब सोच्नै पर्दछ,’ गृहमन्त्री लामिछानेले भने ।

अस्तित्व र पहिचान रास्वपाले स्वीकारेको उनले मतदातासँग प्रतिवद्धता जनाए । ‘एउटा मात्रै पहिचान भएको ठाउँ होइन यो । यहाँ धेरै पहिचान छन् । यसमा गौरव गर्ने ठाउँमा कहिले पनि कञ्जुस्याईं गरेका छैनौं,’ लामिछानेले भने । उनले पहिचानको दायरा फराकिलो बनाउनुपर्ने धारणा राखे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज

काठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको बर्न अस्पतालमा उपचार, दुबैजना…

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख

Techie IT