Techie IT
२०८२ वैशाख १४, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिजसपाले राष्ट्रिय महाधिवेशनको तयारी तीव्र बनाउँदै

जसपाले राष्ट्रिय महाधिवेशनको तयारी तीव्र बनाउँदै


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) , नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राष्ट्रिय महाधिवेशनको तयारीलाई तिव्रता दिएको बताएका छन् । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेसँगै महाधिवेशनको तयारीलाई तिव्रता दिइएको उनले बताए ।

बस्नेतका अनुसार सङ्गठन विभागले सातै प्रदेश समितिबाट प्राप्त सङ्गठित पार्टी सदस्यतामाथि छानबिन गरी अभिलेख राख्ने काम गरिरहेको छ । त्यस्तै पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागले महाधिवेशनमा बोलाइने पाहुनालाई निम्तो दिने काम गरिरहेको छ भने महाधिवेशनस्थल जनकपुरधाममा हल, बासको प्रवन्ध मिलाउने लगायतका कार्य गर्न शुरु गरिएको छ ।

महाधिवेशनको प्रचार प्रसारबारे छलफल गर्न प्रचार प्रसार तथा प्रकाशन विभाग र सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागको संयुक्त बैैठक बुधबार दिउँसो २ बजे बोलाइएकोे छ ।

जसपाको राष्ट्रिय महाधिवेशन जेठ २८, २९ र ३० गते हुने भएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लन्डनमा स्ट्याण्डअप कमेडीमा उत्रिँदै राजेश हमाल

काठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा

‘समयभित्रको समय’ सार्वजनिक

काठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

इरानको बन्दरगाह विस्फोट अपडेट: १४ जनाको मृत्यु, ७५० जना घाइते

एजेन्सी । इरानको बन्दरगाहमा शक्तिशाली विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित महत्वपूर्ण बन्दरगाह शाहिद

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न

काठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया

Techie IT