एकीकृत समाजवादीले फेरि अवसरवादी चरित्र देखायाे: ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले फेरि अवसरवादी चरित्र देखाएको आरोप लगाएका छन् ।
एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई समर्थन गरेको भन्दै ओलीले आक्रोश पोखेका हुन् । एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादलाई नाङ्गो ढङ्गले प्रस्तुत गरेको आरोप लगाए ।
एकीकृत समाजवादीले यसअघि सुदूरपश्चिममा पहिलो कार्यकाल नागरिक उन्मुक्ति पार्टीलाई सरकारको नेतृत्व गर्न दिने सहमति जनाएको तर अहिले अवसरवादमा फसेर कांग्रेससँग मिलेको उनको भनाइ छ ।
एकीकृत समाजवादीले अराजनीतिक निर्णय गरेको र सुध्रने सङ्केत नदेखाएको एमाले अध्यक्ष ओलीले आरोप लगाए । नयाँ गठबन्धनबाट नागरिकमा आशा पलाइरहेको बेलामा विपक्षीहरूको आशा पलाउने गरी एकीकृत समाजवादीले कदम चालेको ओलीको भनाइ छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार
काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका
मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम
गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम
बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूले संविधानको रक्षाका लागि एकसाथ उभिने निष्कर्ष निकालेका छन् ।