Techie IT
२०८१ फागुन २६, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमोहनविक्रम सिंह फेरि नेकपा मसालको महामन्त्री

मोहनविक्रम सिंह फेरि नेकपा मसालको महामन्त्री


काठमाडौँ । नेकपा मसालको महामन्त्रीमा फेरि मोहनविक्रम सिंह निर्वाचित भएका छन् । काठमाडौँमा चार दिनसम्म गोप्य ढंगले भएको पार्टीको नवौं महाधिवेशनले ९० वर्षीय मोहनविक्रम सिंहलाई महामन्त्री चुनेको हो ।

सिंहको नेतृत्वमा चित्रबहादुर केसी, रश्मिराज नेपाली, दुर्गा पौडेल, मीना पुन, मनोज भट्ट, कृष्ण अधिकारी लगायत केन्द्रीय समितिमा चुनिएका छन् । सिंह झण्डै साढे ४ दशकदेखि पार्टीको नेतृत्वमा छन् । बीचमा २ पटक कारवाही हुँदा २–३ वर्ष कारवाहीमा परेको बाहेक उनी चौथो महाधिवेशनदेखि मसालसम्म पार्टीको महामन्त्री छन् ।

उमेरले ९० वर्ष भए पनि पार्टीभित्र उनलाई वैचारिक र सांगठानिक दुवै हिसाबले चुनौती दिने नेता देखिएका छैनन, उनले चाहे अनुसारनै पार्टी चल्दै आएको छ र ९० वर्षको उमेरमा पनि फेरि उनले पार्टीको नेतृत्व सर्वसम्मत रुपमा पाएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नमोबुद्धमा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन

काभ्रे । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन गरिएको छ । नगरले कार्यक्रमअन्तर्गत योजना सञ्चालनपूर्व

हत्या गरेको आरोपमा एक नाबालकसहित पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा सङ्लग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला

निजी विद्यालयहरूले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्: मन्त्री…

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएका बताएका छन् ।

सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन

काठमाडाैँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा विभिन्न देशका २ दर्जनबढी नाटकहरु प्रदर्शन भईरहेका छन् । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी

रेडपाण्डा संरक्षणका लागि जैविकमार्ग

इलाम । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल शुरु गरिएको छ । जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास

गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाई

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट

Techie IT