Techie IT
२०८२ वैशाख ४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमिसन ८४ को लक्ष्य एमालेको एकल बहुमतः अध्यक्ष ओली

मिसन ८४ को लक्ष्य एमालेको एकल बहुमतः अध्यक्ष ओली


काठमाडौँ । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ को लक्ष्य एमालेको एकल बहुमत भएको बताएका छन् ।

नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको पद तथा गोपनीयताको सपथ समारोहमा शुक्रबार उनले सो कुरा बताएका हुन् । अहिले नयाँ गठबन्धन नभएर नयाँ राजनीतिक समीकरण भएको उनको भनाइ छ । “हामीले नयाँ राजनीतिक समीकरण बनाएका छौँ । मिसन चौरासीबाट एमालेको एकल बहुमत आउँछ । बहुमत आए पनि हामी एक्लै सरकार चलाउँछौँ भन्दैनौँ, अरुलाई पनि सँगै लैजान्छौँ” अध्यक्ष ओलीले भने ।

राजनीतिमा फुट र एकता सधैँका लागि नहुने देखिएको उल्लेख गर्दै उनले सधैँ आफूले मात्र अवसर पाउनुपर्छ भन्ने मान्यता त्याग्न आग्रह गरे । अधिवेशनमा वैचारिक र नेतृत्वको बहसपछि समाधान लिएर जनतामा जान उनले निर्देशन दिए ।

एमालेलाई एक्ल्याउने अनेक प्रयासका बाबजुद कास्कीमा एमालेले अभूतपूर्व नतिजा निकालेको भन्दै उनले कास्कीलाई ‘सुदृढ लालकिल्ला’ को संज्ञा दिए । पोखरा घोषणा गरे पनि, नगरे पनि पर्यटनको राजधानी नै भएको तर्क गर्दै उनले यसको थप विकासको नेतृत्व एमालेले गर्ने चर्चा गरे ।

एमाले कास्कीको ११ औं अधिवेशनबाट अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित भएका थिए । चैत १० र ११ गतेलाई निर्धारित अधिवेशनको नतिजा भने १४ गतेमात्र सार्वजनिक भएको थियो । अध्यक्षसहित पदाधिकारीमा पनि अधिकारी प्यानलकै उम्मेदवार विजयी भएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

Techie IT