Techie IT
२०८२ वैशाख ४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसरकारले मानवीय विकासमा लगानी बढाउनुपर्छः सांसद सुवेदी

सरकारले मानवीय विकासमा लगानी बढाउनुपर्छः सांसद सुवेदी


काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद झक्कुप्रसाद सुवेदीले सरकारले मानवीय विकासमा लगानी बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

आइतवार सिंहदरबारमा बसेको विकास, तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्लो चरणमा भौतिक विकासमा केही प्रगति भएपनि मानवीय विकासमा लगानी गर्न आवश्यक रहेको बताए । उनले परम्परागत तरिकाले विकास गर्दा भौतिक विकास भएपनि मानवीय विकास हुन नसकेको बताए ।

सांसद सुवेदीले नेपालमा मानवीय विकासको पाटो धेरै नै कमजोर रहेको जिकिर गरे । उनले नागरिकमा निराशा आउनुको कारण पनि मानवीय विकास हुन नसक्नु रहेको बताए ।

सांसद सुवेदीले भने, ‘भौतिक विकास पछिल्लो चरणमा आएर केही भएको छ । तर त्यो विकासले मान्छे खुशी हुनुपर्यो नि । मानवीय विकासमा लगानी गर्नुपर्यो । हामीले छलफल गर्दा पनि त्यसमा छलफल गर्नुपर्छ । योजना आयोगका सदस्यहरुलाई हामीले परम्परागत तरिकाले विकास गर्दा भौतिक विकास केही हुनसक्छ, तर मानवीय विकासको पाटो हेर्ने हो भने असाध्यै कमजोर देखिन्छ । मान्छेमा निराशा आउनुको कारण त्यही हो । उद्योगधन्दा छैन, केही छैन, मानिसले रोजगारी पाएको छैन, जनता सबैसँग रिसाएको छ । विकासको बारेमा हामीले छलफल गरेर नयाँ ढंगबाट परिभाषित गरेर जानुपर्छ ।’

सांसद सुवेदीले उद्योगधन्दाहरु सञ्चालन गराउनुपर्ने र रोजगारकिो सिर्जना बढी भन्दा बढी गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए । कार्यक्रममा बोल्दै अन्य सांसदहरुले सहकारीको विषयलाई मुख्य प्राथमिकतामा राखेर सरकारले छलफल शुरु गर्नुपर्ने सुझाव दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

Techie IT