Techie IT
२०८१ माघ ९, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिनागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको बैठक बस्दै

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको बैठक बस्दै


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी संस्थापक केन्द्रीय सदस्यहरुको बैठक आज कैलालीको टिकापुरमा बस्दैछ । बिहान ९ बजे टिकापुरस्थित पार्टी कार्यालय संस्थापक केन्द्रीय सदस्यहरुको बैठक बस्न लागेका हुन् ।

दिउँसो २ बजे प्रतिनिधि सभा सदस्य, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका सांसदहरुसंग पनि बैठक बस्ने जनाइएको छ । केन्द्रमा सत्ता गठबन्धनको सरकारलाई बिश्वासको मत दिएको नाउपा प्रदेशमा काङ्ग्रेस नेतृत्वकै सारकारमा सहभागी छ ।

आज नयाँ नेतृत्वको गठबन्धनमा सहभागी हुने वा काङ्ग्रेसलाई नै साथ दिने भन्ने विषयमा छलफल हुने नाउपा केन्द्रिय अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् ।

नाउपामा २१ जना केन्द्रीय सदस्य, ४ जना प्रतिनिधि सभा सदस्य र १२ जना प्रदेश सभा सदस्य छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पुराणवाचकको परीक्षा लिएर प्रमाणपत्र दिने तयारी

काठमाडाैँ । पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने व्यवस्था हुने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक

यौन दुर्व्यवहारको अभियोगमा इनड्राइभका चालक पक्राउ

काठमाडाैँ । प्रहरीले यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एक जना चालकलाई पक्राउ गरेको छ ।

टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की

गैँडाको आक्रमण बाट १ जनाको मृत्यु

चितवन । गैँडाको आक्रमण बाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । आक्रमण बाट घाइते निजको

चितवन महोत्सवमा कृषि गोष्ठी :रासायनिक विषादीको प्रयोग बढ्दै गएकोमा चिन्ता

काठमाडाैँ । चितवनमा चलिरहेको चितवन महोत्सवको अवसरमा भएको कृषि गोष्ठीमा रासायनिक विषादीको प्रयोग घटाउनुपर्नेमा विज्ञले जोड दिएका छन् । ‘स्वच्छ

तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दमौली बाट डुम्रे

Techie IT