Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएमालेलाई समाजवादी मोर्चामा ल्याउनेबारे छलफल

एमालेलाई समाजवादी मोर्चामा ल्याउनेबारे छलफल


काठमाडौँ । माओवादी केन्द्रसहितको चार दलीय समाजवादी मोर्चाले नेकपा एमालेलाई पनि सहभागी गराउने बारेमा छलफल गरेको छ ।

सत्ता समीकरण फेरिएसँगै शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले एमालेलाई पनि समेट्नेबारे छलफल गरेको हो ।

मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवका अनुसार शुक्रबार बसेको बैठकले अन्य दलसँग पनि छलफल गरेर कार्यक्रम ल्याउने बताए ।

‘मोर्चालाई अन्य दललाई पनि कसरी समेट्ने भनेर छलफल भयो । मसाल मोर्चामा आउन सहमत भइसकेको छ । हामीले एमालेसँग पनि छलफल गरिरहेका छौँ’, विप्लवको भनाइ छ, ‘एमालेसँग मोर्चाका शीर्ष नेताहरूले कुरा गर्ने भन्ने भएको छ ।’

यसअघि बिहीबार विप्लव र उनको पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेका थिए । ओलीसँगको भेटमा मोर्चामा सहभागी हुने विषयमा सकरात्मक कुराकानी भएको र त्यस बारेमा आफूले बैठकमा समेत जानकारी गराएको विप्लवको भनाइ छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

Techie IT