Techie IT
२०८२ वैशाख १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिपोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिदैँ

पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिदैँ


काठमाडौँ । गण्डकी प्रदेशको राजधानी पोखरालाई आज देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा फेवातालको किनार बाराही घाटबाट राजधानी घोषणा हुने भएको हो ।

गण्डकी सरकार, पोखरा महानगर, छिमेकी पालिकाहरु, पर्यटन सम्बद्ध विभिन्न संघसंस्था तथा उद्योग वाणिज्य संघको पहलमा पोखरालाई नेपालकै पर्यटन राजधानी घोषणा गर्न लागिएको हो ।

पोखराको प्रचारप्रसार गरेर यहाँका पर्यटन गन्तव्यहरुको प्रवद्र्धन गर्न तथा पोखरालाई अझ ब्रान्डिङ गर्न यो आवश्यक भएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए ।

प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतका अनुसार पोखराको पर्यटनमा करिब ७ खर्ब लगानी भएको छ । लगानीमैत्री वातावरण बनाउँदै यहाँको आर्थिक पर्यटनको प्रवद्र्धन गर्न राजधानी घोषणाले मद्दत पुग्ने उहाँको भनाइ छ ।

पोखरालाई पर्यटन राजधानी घोषणा गर्ने चर्चा ७ वर्ष अघिदेखि चले पनि सार्थकता भने बल्ल पाउन लागेको स्थानीय बताउँछन् । उद्घाटन समारोहमा सांस्कृतिक झाँकीका साथै हरिदेवी कोइराला, कन्दरा ब्यान्ड, प्रमोद खरेल, प्रकाश सपुत, धर्मेन्द्र सेवानलगायतले प्रस्तुति दिनेछन् ।

राजधानी घोषणा गरिएसँगै आइतबारदेखि पोखरामा अधिकांश व्यवसाय राति १ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ भने केही व्यवसाय मापदण्ड पूरा गरेर २४ सै घण्टा पनि खुला गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न

काठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी

युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु

एजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा

Techie IT