Techie IT
२०८१ माघ ९, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिराष्ट्रिय हितका लागि सबै दल एक ठाउँमा हुनुपर्छः केपी ओली

राष्ट्रिय हितका लागि सबै दल एक ठाउँमा हुनुपर्छः केपी ओली


दोधारा चाँदनी (कञ्चनपुर) । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका लागि सबै दलहरू एक ठाउँमा हुनुपर्ने बताएका छन् ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–६ नं वडा कार्यालय भवनको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामलामा सबै दल एक ठाउँमा हुनुपर्ने बताए ।

‘सुशासनका लागि भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टलाई कारबाही गर्ने मामलामा सबैले मिलेर काम गर्न जरुरी छ’, उनले भने– ‘विकास निर्माणका काम अगाडि बढाउन देशमा सबैले शान्ति उपभोग गर्न सबै मिल्न जरुरी छ ।’

अध्यक्ष ओलीले नवनिर्मित वडा कार्यालय भवनबाट जनताले सहजरूपमा सेवा पाउनुपर्ने बताए ।

आजै अध्यक्ष ओलीले महाकाली नदीमा निर्मित चार लेनको पक्की पुल र दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाहको स्थलगत अवलोकन गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पुराणवाचकको परीक्षा लिएर प्रमाणपत्र दिने तयारी

काठमाडाैँ । पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने व्यवस्था हुने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक

यौन दुर्व्यवहारको अभियोगमा इनड्राइभका चालक पक्राउ

काठमाडाैँ । प्रहरीले यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एक जना चालकलाई पक्राउ गरेको छ ।

टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की

गैँडाको आक्रमण बाट १ जनाको मृत्यु

चितवन । गैँडाको आक्रमण बाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । आक्रमण बाट घाइते निजको

चितवन महोत्सवमा कृषि गोष्ठी :रासायनिक विषादीको प्रयोग बढ्दै गएकोमा चिन्ता

काठमाडाैँ । चितवनमा चलिरहेको चितवन महोत्सवको अवसरमा भएको कृषि गोष्ठीमा रासायनिक विषादीको प्रयोग घटाउनुपर्नेमा विज्ञले जोड दिएका छन् । ‘स्वच्छ

तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दमौली बाट डुम्रे

Techie IT