Techie IT
२०८१ चैत्र ८, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिउपनिर्वाचनका लागि २० वटा दलको निवेदन

उपनिर्वाचनका लागि २० वटा दलको निवेदन


काठमाडौँ । इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि २० वटा राजनीतिक दलले निवेदन दिएका छन् ।

प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दलले निवेदन दिएका हुन् । निर्वाचन आयोगले दल दर्ताका लागि फागुन २४ गतेदेखि ३० गतेसम्मका लागि समय दिएको थियो ।

उक्त निवेदनमाथि जाँचबुझ गरेपछि दर्ताको निर्णय गरिने आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले जनाएको छ । उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीलगायतका दलले दर्ताको निवेदन दिएका छन् ।

रास्वपाले भने प्रतिनिधिसभामा मात्रै उम्मेदवारी दिएकाले प्रदेशतर्फ १९ निवेदन परेको हो । प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ भने प्रदेशसभातर्फ बझाङ क्षेत्र नम्बर १ ‘क’ मा उपनिर्वाचन हुँदैछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

‘ग्लोबल मनी वीक २०२५’ चल्दै

काठमाडाैँ । ‘थिङ्क बिफोर फलो, वाइज मनी टुमरो’ भन्ने नाराका साथ ‘ग्लोबल मनी वीक– २०२५’ गएको सोमवारदेखि शुरू भएको छ

अन्तर्राष्ट्रिय खुसियाली दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ

काठमाडौँ । आज अन्तर्राष्ट्रिय खुसियाली दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् २०१२ जुलाई १२ मा

तनहुँमा यातायात कार्यालयलाई ५ रोपनी जग्गा दान

तनहुँ । बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा यातायात व्यवस्था कार्यालय स्थापनाका लागि एक परिवारले पाँच रोपनी जग्गा दान गरेका छन् । स्थानीय

कटहरका रुख सुकेपछि किसान चिन्तित

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा कटहरका रुख सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । कटहरका लागि परिचित मण्डन क्षेत्रमा कटहरका रुख

श्रीकोटको सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर

बैतडी । दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर (नवजात शिशु तापक्रम नियन्त्रक) उपलब्ध गराइएको छ । ज्योती विकास

Techie IT