आगामी आवको बजेटले आर्थिक सङ्कट टार्दैनः अध्यक्ष ओली
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले विद्यमान आर्थिक सङ्कट नटर्ने दाबी गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफलमा भाग लिँदै अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्रलाई शीघ्र सुधारका लागि लिनुपर्ने नीति तथा कार्यक्रम बजेटमा नरहेको भन्दै सङ्कटापन्न नेपाली अर्थतन्त्रको पुनःस्थापनाका लागि योजना नरहेको टिप्पणी गरे ।
“आगामी आवको बजेट समस्याको पहिचान नगरी प्रस्तुत भएको छ । मेरो नेतृत्वको सरकार हुँदा अर्थतन्त्र उकालो लाग्दै गएको अन्तर्राष्ट्रिय क्षेत्रले उल्लेख गरेको थियो तर पछिल्ला वर्षमा ओरालो लाग्दै गएको छ ।”
उनले आगामी आवको बजेटले १५औँ आवधिक योजना तथा दिगो विकासका लक्ष्य हासिल गर्न नसक्ने जिकिर गरे । अध्यक्ष ओलीले देशको गौरव, इज्जत, प्रतिष्ठालाई ख्याल गर्दै जनताका इच्छा आकाङ्क्षालाई सम्बोधन गरी भावी पुस्तालाई सबल र समृद्धि मुलुक हस्तान्तरण गर्नुपर्नेमा दायित्व रहेको बताए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ। मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको
म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारकै कारण नेपालमा आर्थिक सङ्कट देखिएको
काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन
काठमाडौ । आजदेखि देशभरका बालिकाहरूलाई एचपिभी खोप अर्थात पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइँदै छ । परिवार कल्याण महाशाखाकका अनुसार
मोरङ । झापा गौराहदका डम्बर विश्वकर्माले झापा गौराहदमा २०७५ साल देखि पाँच बिघा जमिन भाडामा लिई सेमियलताका बिरुवामा लाहाखेती गर्दै
ताप्लेजुङ । समुद्री सतह बाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङ सम्म मोटरसाइकल यात्रा गरिएको छ ।