काठमाडौँ । पूर्वमन्त्री दुर्गा श्रेष्ठ कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा प्रवेश गरेकी छन् । सोमबार काठमाडौँमा भएको एक कार्यक्रममा पूर्वमन्त्री श्रेष्ठसहित बिभिन्न व्यक्तिहरु राप्रपा नेपाल प्रवेश गरेका हुन् ।
श्रेष्ठसहित स्वतन्त्र नागरिक समाजका संयोजक रामकुमार रिजाल, राप्रपा काठमाडौँका उपाध्यक्ष जयराम अधिकारी, काठमाडौँ महानगर समितिका सह–सचिव सन्तोष रायमाझी, दिनेश अधिकारी, फुटबल खेलाडी देवान घले, अवकास प्राप्त प्रहरी अधिकारी विजयप्रताप शाह, नेपाली सेनाका अवकाश प्राप्त कृष्णजङ्ग बहादुर सिंह,ब्यवसायी तथा समाजसेवी शुभाष विष्ट लगायत दर्जनौ राप्रपा नेपाल प्रवेश गरेका हुन् ।
दुर्गा श्रेष्ठ तत्कालीनतनहुँ विकास समितिको सभापति पनि भएकी थिइन् । श्रेष्ठ राजा ज्ञानेन्द्र शाहले २०६१ माघ १९ गते शासन हातमा लिएपछि मन्त्री भएकी थिइन् ।