गृहपृष्ठ ∕ राजनीति ∕ वर्तमान सत्ता गठबन्धन २०८४ सालको चुनावसम्मै कायम रहन्छः ईश्वर पोखरेलवर्तमान सत्ता गठबन्धन २०८४ सालको चुनावसम्मै कायम रहन्छः ईश्वर पोखरेल नेपालीपत्र आईतबार, २०८० फागुन २७ गते, १३:०२ मा प्रकाशित राजनीति काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सत्ता गठबन्धन २०८४ सालको चुनावसम्मै कायम रहने दाबी गरेका छन् । प्रेस चौतारी नेपाल कैलालीले आइतबार धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले यस्तो दाबी गरेका हुन् ।कांग्रेससितको गठबन्धन टुट्नुनै महत्त्वपूर्ण भन्दै अहिलेको गठबन्धन विधिसम्मत र सकारात्मक हिसाबले बनेको जिकीर गरे । नयाँ गठबन्धनमा मन्त्रालय भागबण्डा गर्दा एमालेले कुन–कुन मन्त्रालय पायो भन्ने कुरा महत्वपूर्ण नभएको उनको भनाई छ ।‘यही नयाँ गठबन्धनलाई सकारात्मक ढंगले अगाडि बढाउनुपर्छ भनेर लागेका छौं । आवाञ्छित ढंगले खडा गरिएको कांग्रेससहितको गठबन्धन टुट्न सकारात्मक कुरा हो,’ पोखरेलले भने । ‘सरकारमा कुन र कति मन्त्रालय पाउँछौँ भन्ने कुरा महत्वपूर्ण होइन ।’ #ईश्वर पोखरेलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिककाठमाडौँ । आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक ११ दिने ‘एआई स्कुल’ कार्यक्रम आजदेखिकाठमाडाैँ । नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट (नामी) को आयोजनामा पाँचौँ संस्करणको ‘एनुअल नेपाल एआई स्कुल’ आजदेखि शुरू हुँदैछ भारतका पूर्व प्रधानमन्त्री सिंहको निधनमा प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली व्यक्तकाठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । ओलीले सामाजिक सञ्जालमार्फत सौराहामा आज हात्ती सुन्दरी प्रतियोगिताकाठमाडाैँ । चितवनको सौराहामा हिजोदेखि शुरु भएको हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आज हात्ती सुन्दरी प्रतियोगिता हुनेछ । भोलिदेखि हात्तीको आज राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दैकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)ले आज (शुक्रबार) सचिवालय बैठक बोलाएको छ । आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा दक्षिण कोरियामा कार्यवाहक राष्ट्रपति विरुद्ध महाभियोगको प्रस्तावएजेन्सी । दक्षिण कोरियाको विपक्षी दलले कार्यवाहक राष्ट्रपति विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको छ । बिहीबार विपक्षी डेमोक्रेटिक पार्टीले कार्यवाहकधेरै पढिएका खबर १ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता २ छोराको कुटपिटबाट बुवाको मृत्यु ३ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत ४ एमालेको सचिवालय बैठक आगामी बुधबार ५ पाटे बाघ मार्ने उद्योगमा १ जना पक्राउ ६ चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा हुने, चलचित्र दर्ता आह्वान ७ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखकThe Film Nepal