Techie IT
२०८१ माघ ४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकांग्रेसका शीर्ष नेतृत्व र मधेसवादी दलका नेताहरूबीच बुढानिलकण्ठमा छलफल

कांग्रेसका शीर्ष नेतृत्व र मधेसवादी दलका नेताहरूबीच बुढानिलकण्ठमा छलफल


काठमाडौँ । नेपाली कांग्रेसको शीर्ष नेतृत्व र मधेसवादी दलका नेताहरूबीच अहिले सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा छलफल भइरहेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले नेता डा. शेखर कोइराला, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, कांग्रेस प्रमुख सचेतक रमेश लेखकलाई समेत साथमा राखेर मधेसवादी दलहरूसँग छलफल गरिरहेका हुन् ।

वार्तामा लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी सहभागी छन् ।

सोमबार नेकपा एमालेको नेतृत्वमा नेकपा माओवादी केन्द्रसहित नयाँ गठबन्धन बनेपछि सत्ताबाहिर पुगेको कांग्रेसले साना दलहरूलाई आफ्नो पक्षमा तान्ने कोसिस गरिरहेको छ।

बुधबार बिहान सभापति देउवाले नेकपा एकीकृत समाजवादीका अध्यध माधवकुमार नेपालसँग कोटेश्वर पुगेर वार्ता गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भीम रावलले आफ्नो पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ सार्वजनिक

काठमाडौँ । नेकपा एमालेबाट निष्कासित भएका नेता डा. भीम रावलले आफ्नो पार्टीको नाम टुंग्याएका छन् । उनले सामाजिक सञ्जालमार्फत पार्टीको

‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव

खोटाङ । किरात यले दोङ (किरात संवत्) ५०८५ को अवसर पारेर ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ औपचारिक रुपमा शुरुआत गरिएको छ

भोजपुरको पौवादुङमा बाह्य पेय पदार्थ बेचबिखनमा रोक

भोजपुर । पौवादुङमा गोल्ड कप र बृहत् माघी मेलामा आयातित खानेकुरामा निषेध गरिएको छ । स्थानीय उत्पादनको प्रर्वद्धन गर्ने लक्ष्यले

इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौता

एजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ । यसको

दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषक सँग उपप्रमुख कार्यक्रम’

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कफीखेती प्रवर्द्धन कार्यक्रम शुरुआत गरेको छ । नगरपालिकाको ‘कृषक सँग उपप्रमुख कार्यक्रम’ अन्तर्गत स्थानीय

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

काठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा

Techie IT