Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिप्रचण्ड र ओलीबीच बालुवाटारमा १ घण्टा छलफल

प्रचण्ड र ओलीबीच बालुवाटारमा १ घण्टा छलफल


काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगसम्बन्धी विधेयक (टीआरसी) अघि बढाउन प्रमुख प्रतिपक्षी दल एमाले सकारात्मक बनेको छ ।

सत्ता गठबन्धनमा चिसोपन आइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जोड दिँदै आएको शान्ति प्रक्रियासम्बन्धी काम अघि बढाउन प्रमुख प्रतिपक्षी दल एमालेले सकारात्मक साथ दिन खोजेको हो । प्रधानमन्त्री पुष्पकमल प्रचण्ड र प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचका पछिल्ला पटक पटकका औपचारिक र अनौपचारिक संवादले विधेयक अघि बढाउने वातावरण बनेको हो ।

टीआरसी विधेयक हाल प्रतिनिधिसभाको कानुन समितिमा छलफलका क्रममा छ । समितिको आइतबार ११ बजे बैठक बोलाइएको छ । उक्त बैठकमै विधेयक अघि बढाउनेबारे निर्णयमा पुर्‍याउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

एमाले अध्यक्षले नै विधेयकमा भाषा मिलाएर अघि बढाउने गरी कुरा गरिसक्नुभएको छ स्रोतले भन्यो, अब विधेयक अघि बढाउनेबारे एउटा सहमतिमा पुग्ने स्थिति बनेको छ । कानुन समितिको बैठक अघि कांग्रेस, एमाले र माओवादी नेताहरूबीच विधेयकको भाषा मिलाउनेबारे अनौपचारिक छलफल भइरहेको छ । टीआरसी विधेयक पीडितमैत्री हुनुपर्ने अडान एमालेले राख्दै आएको छ । अहिले पनि त्यसको मूल भावनामा तलमाथि नहुनेगरी भाषा मिलाएर अघि बढाउने तयारी भएको स्रोतले जनायो । टीआरसी विधेयक पारित गर्न चर्को दबाबमा रहेका प्रधानमन्त्री दाहाल भने सहमति हुन नसके बहुमतबाटै भए पनि पारित गर्ने मनस्थितिमा पुगेका थिए ।

तर उनले सबैको सहमतिमा अघि बढाउने भन्दै ओलीसँग निरन्तर छलफल गर्दै आएका थिए । कांग्रेस र माओवादीका नेताहरूले एमालेले उठाएका विषय टीआरसी विधेयकमा समेटिइसकेको दाबी गर्ने गरेका थिए । एमालेले विधेयकमा स्पष्ट प्रावधान नभएकाले थप अडान राख्नुपर्ने बताउँदै आएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT