Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसंसद्का दुवै सदनको बैठक बस्दै

संसद्का दुवै सदनको बैठक बस्दै


काठमाडौँ । आज मंगलबार प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएको छ ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ । प्रतिनिधिसभामा सोमबारदेखि सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल आज पनि जारी रहनेछ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले यही जेठ १५ मा संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको वार्षिक राजस्व र व्ययको अनुमान प्रस्तुत गरेका थिए ।

सोमबार बसेको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा ज्ञानेन्द्रबहादुर कार्की, ठाकुर गैरे, देवेन्द्र पौडेल, डोलप्रसाद अर्याल, ज्ञानेन्द्र शाही, प्रदीप यादव, राजेन्द्रप्रसाद पाण्डेले धारणा राखेका थिए । आज बाँकी सांसदहरुले छलफलमा भाग लिनेछन् ।

बजेटमाथिको सामान्य छलफलपछि विस्तृत मन्त्रालयगत छलफल भने पछि हुनेछ ।

राष्ट्रियसभाको आजको बैठकमा भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समसामयिक विषयमा मन्तव्य राख्ने सम्भावित कार्यसूची छ ।

बिहान ११ बजे सुरु हुने भनिएको बैठकमा सुरुमा प्रधानमन्त्री दाहालले आफ्ना भनाइ राख्ने र त्यसपछि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र राष्ट्रियसभा अध्यक्षले पढेर सुनाउने कार्यक्रम छ ।

त्यसपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिकको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । अर्थमन्त्रीले उक्त प्रस्ताव पेस गरेपछि उक्त प्रस्तावमाथि सामान्य छलफल सुरु हुने सम्भावित कार्यसूची छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

Techie IT