Techie IT
२०८२ वैशाख ११, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिभारतसँगको सीमा समस्याको राजनीतिक समाधान खोज्नुपर्छः परराष्ट्रमन्त्री साउद

भारतसँगको सीमा समस्याको राजनीतिक समाधान खोज्नुपर्छः परराष्ट्रमन्त्री साउद


काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल र भारतबीचको सीमा समस्या राजनीतिक सहमतिका आधारमा खोज्नुपर्ने बताएका छन् ।

सोमबार भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले सीमा समस्या समाधानका लागि बनेका प्रशासनिक संयन्त्रले प्राविधिक काम गरेपछि राजनीतिक रुपमा समाधानको बाटो खोज्नुपर्ने बताएका हुन् ।

‘सीमानाको समस्या समाधान गर्दा राजनैतिक रुपमा सहमति हुनुपर्छ, हामीसँग प्रशासनिक रुपमा पनि मेकानिजम छ । त्यो मेकानिजम क्रियाशील हुनुपर्छ । त्यो क्रियाशील भइसकेपछि तथ्यको आधारमा दुई वटै छिमेकीले एक आपसमा कुटनीतिक किसिमले बसेर यो समस्याको समाधान गर्नुपर्छ । यो कुरा दुवै देशको बीचमा सुरु भइसकेको छ’, उनले भने ।

भारतका परराष्ट्रमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा दुवै देशका प्रतिनिधिले सीमा समस्या वार्ता र छलफलको माध्यमबाट समाधान गर्ने प्रतिवद्धता जनाएको पनि परराष्ट्रमन्त्री साउदले बताए ।

मन्त्री साउदले आर्थिक समस्या समाधानका लागि सरकारले जलविद्युत उत्पादन गरी भारत र बंगलादेशसँग विद्युत व्यापार बढाउनुपर्ने बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी

युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु

एजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा

काठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

Techie IT