गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेसले आज स्थापना दिवस मनाउँदैकांग्रेसले आज स्थापना दिवस मनाउँदै नेपालीपत्र शुक्रबार, २०८० माघ १२ गते, ११:२० मा प्रकाशित राजनीति काठमाडौँ । नेपाली कांग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदैछ । २००३ साल माघ १२ गते नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको थियो । यस दिनलाई आधार मान्दै नेपाली कांग्रेसले हरेक वर्ष यो मितिमा स्थापना दिवस मनाउँदै आएको हो ।स्थापना दिवसको अवसरमा केन्द्रिय कार्यालयसहित सातै प्रदेश तथा जिल्लाहरूमा समेत विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ । आज दिउँसो २ बजे कांग्रेसको केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवाको उपस्थितिमा श्रद्धा, सङ्कल्प र सम्मान कार्यक्रम हुने भएको छ ।नेपालमा राणाशासनविरुद्ध अभियान चलिरहेका बेला भारतमा रहेका नेपाली युवाहरूको संयुक्त प्रयासमा २००३ साल माघ १२ देखि १५ गतेसम्म कोलकाताको भवानीपुरमा प्रथम भेला भएको थियो । त्यस भेलाबाट नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भएको थियो ।भेलाले राणा शासनविरुद्ध लागेको आरोपमा जेलजीवन बिताइरहेका तत्कालीन प्रजा परिषद्का नेता टंकप्रसाद आचार्यलाई सम्मान स्वरूप सभापतिमा चयन गरेको थियो भने बिपी कोइरालालाई कार्यवाहक सभापति बनाएको थियो । #नेपाली कांग्रेसग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइबागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षतिखोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिजकाठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालनपाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको बर्न अस्पतालमा उपचार, दुबैजना…काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुखधेरै पढिएका खबर १ बागमती गोल्डकप आगामी शनिबार देखि २ माओवादीले भूमिगत राजनीति थालेको तीस वर्ष पूरा ३ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै ४ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ५ पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन ६ भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन ७ बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र पठायोThe Film Nepal