Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिबागमती प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचन जारी

बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचन जारी


हेटौँडा । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशको राजधानी हेटौडामा पनि मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि सुरु भएको मतदानमा बागमती प्रदेशका ११९ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरि २३८ र प्रदेश सभाका ११० सदस्य गरि जम्मा ४४८ जना मतदाता रहेका छन् ।

राष्ट्रिय सभामा बागमती प्रदेशबाट ४ जनाले प्रतिनिधित्व गर्ने छन् । बागमती प्रदेशबाट सत्ता गठबन्धन, नेकपा एमाले, रा प्र पा, नेपाल मजदुर किसान पार्टीको तर्फबाट १५ जना उम्मेदबारले प्रतिष्पर्धा गर्दैछन् । मतदान सकिएपछि आजै मतगणना सुरु हुने र सम्भवत आजै नतिजा निस्कने जनाइएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत सातवटै प्रदेशमा मतदान भइरहेको छ । फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज बिहान ९ बजेबाट मतदान सुरु भएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको

Techie IT