Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएमालेले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

एमालेले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले जनताका ७ सय ५१ वटा माग समेटिएको ज्ञापनपत्र सरकारलाई बुझाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीले मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर जनस्तरबाट आएका ७ सय ५१ माग र तिनका समाधानको उपायसहितको ज्ञापनपत्र बुझाएको हो ।

एमालेले गत मंसिरमा गरेको मध्यपहाडी लोकमार्ग केन्द्रीत संकल्प यात्राका क्रममा जनताबाट आएका गुनासोलगायतका समस्याहरु समेटेर ज्ञापनपत्र बुझाएको हो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पार्टीलाई विभिन्न ४६ वटा जिल्लाबाट प्राप्त भएका ७ सय ५१ वटा माग समेटिएको छ । ज्ञापनपत्रमा गण्डकीका १६१, कोशीका १७०, सुदूरपश्चिमका १३५ र बागमतीका १३३, कर्णालीका ७९, लुम्बिनीका ७५ र मधेसका ८ वटा समस्या र ती समस्याका समाधान समेटिएको उपमहासचिव ज्ञवालीले बताए ।

जनताबाट आएका गुनासाहरुलाई वर्गीकरण गरी तिनको समाधानको उपायसमेत लिखित रुपमा सरकारलाई बुझाइएको ज्ञवालीले बताए ।

ज्ञापन पत्र ग्रहण गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले यी विषयलाई आफूले गम्भीरताका साथ लिएको र एमालेको अभियानले लोकतन्त्र बलियो बनाउन मद्दत गरेको बताउनुभएको पनि उपमहासचिव ज्ञवालीले बताए ।

सुझावलाई दराजमा थन्क्याउने नभइ कार्यान्वयन गर्ने प्रतिवद्धता प्रधानमन्त्रीले दिनुभएको बताए ।्




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

Techie IT