Techie IT
२०८२ वैशाख १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिराष्ट्रियसभा निर्वाचनमा गठबन्धन बाहिर मत जाँदैन: रमेश लेखक

राष्ट्रियसभा निर्वाचनमा गठबन्धन बाहिर मत जाँदैन: रमेश लेखक


काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको मत गठबन्धनभन्दा बाहिर जाने स्थिति नरहेको दाबी गरेका छन् ।

बिहीवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले निश्चित मानिसहरु मतदाता भएकाले मत बाँडिने वा गठबन्धनका उम्मेदवारहरु भन्दा बाहिर मत जाने स्थिति नहुने बताएका हुन् ।

उनले मतदाता प्रदेश सभा सदस्यहरु, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरु रहेकाले उनीहरु आफ्ना आफ्ना पार्टीका नेता भएकाले देशको समसामयिक राजनीतिक परिस्थिति बुझेर नै मतदान गर्नेमा विश्वस्त रहेको बताए ।

लेखकले एउटा पार्टीका उम्मेदवारहरुले अर्को पार्टीका उम्मेदवारहरु नचिन्ने भएको हुँदा अहिले राष्ट्रिय सभामा आफ्ना उम्मेदवारहरु जिताउन गठबन्धनले बनाएको राष्ट्रिय सभा निर्वाचन केन्द्रिय समन्वय समिति, प्रदेश समन्वय समिति र जिल्ला समन्वय समितिहरु मतदातासँग उम्मेदवारको चिनजान गराउन लाग्ने बताए ।

प्रमुख सचेतक लेखकले राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा सरकारमा संलग्न र सरकारलाई समर्थन गरेका राजनीतिक दलहरुको गठबन्धन रहेको र उम्मेदवार पनि गठबन्धनबाटै दिएकाले यो समितिले गठबन्धनका उम्मेदवार जिताउन भुमिका खेल्ने बताए । उनले राष्ट्रिय सभा निर्वाचन केन्द्रिय समन्वय समितिले बुधवारबाटै काम शुरु गरिसकेको बताए ।

पहिलो चरणमा सात वटै प्रदेशमा समन्वय समिति गठन गर्ने निर्णय भएको पनि लेखकले बताए । पार्टीका प्रदेश प्रमुख, प्रदेश सभापति वा अध्यक्ष र पार्टीहरुको संसदीय दलको नेता समेत सहभागी हुनेगरी सात वटा प्रदेशमा समन्वय समिति बनाउने निर्णय भएको बताउनु भयो । साथै गठबन्धनले सबै जिल्लाहरुमा पार्टीका जिल्ला प्रमुखहरु सहितको जिल्ला समन्वय समिति बनाउने निर्णय भएको बताए ।

राष्ट्रिय सभा निर्वाचन केन्द्रिय समन्वय समिति संयोजक समेत रहनुभएका लेखकले समन्वय समितिले निर्वाचन व्यवस्थित बनाउन लाग्नुपर्ने बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न

काठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी

युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु

एजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा

Techie IT