Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिराष्ट्रियसभा निर्वाचनमा गठबन्धनमा सिट बाँडफाँटको टुंगो

राष्ट्रियसभा निर्वाचनमा गठबन्धनमा सिट बाँडफाँटको टुंगो


काठमाडौँ । राष्ट्रिय सभाको १९ सिटमा सत्ता गठबन्धनमा सिटको बाँडफाँट भएको छ । आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँटको टुंगो लगाएको हो ।

बैठकमा सहभागी नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले १९ सिटमध्ये १० मा नेपाली कांग्रेस, ६ वटा नेकपा माओवादी केन्द्र, २ वटा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र एउटा जनता समाजवादी पार्टी, नेपालले उम्मेदवारी दिनेगरी टुंगो लागेको बताए ।

प्रमुख सचेतक लेखकले भने, ‘राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा सरकारमा संलग्न र सहयोगमा समर्थन गर्ने दलहरुका बीचमा संयुक्त रुपले उम्मेदवारी दिने विषय टुंगो लाग्यो । जम्मा १९ वटा पदका लागि १० वटा स्थानमा कांग्रेसले, ६ वटा नेकपा माओवादी केन्द्र, २ वटा नेकपा एकीकृत समाजवादी र एउटा जनता समाजवादी पार्टी, नेपालले उम्मेदवारी दिनेगरी टुंगो लागेको छ । तदनुरुप अहिलेको गठबन्धनले उम्मेदवारी दिनेछ । आफ्नो आफ्नो पार्टीमा बसेर अब छलफल गर्छौं र क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुंगो लागिसकेको छ, एक दुई ठाउँमा छलफल गरेर टुंगो लाग्नेछ ।’

प्रमुख सचेतक लेखकले क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुंगो लागिसकेको र बाँकी रहेका स्थानमा पार्टीमा छलफल गरेर टुंगो लगाउने बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

Techie IT