Techie IT
२०८२ वैशाख १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिप्रमुख दलहरुको संयुक्त सरकार बनाउन बाबुराम भट्टराईको प्रस्ताव

प्रमुख दलहरुको संयुक्त सरकार बनाउन बाबुराम भट्टराईको प्रस्ताव


काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख राजनीतिक दलहरुको संयुक्त सरकार बनाउने प्रस्ताव गरेका छन् ।

सोमबार नेपाली कांग्रेसले मेलमिलाप दिवसको अवसर पारेर गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष डा. भट्टराईले सरकारको स्थिरताका लागि प्रमुख दलहरुको संयुक्त सरकार बनाउने प्रस्ताव गरेका हुन् ।

उनले सरकारलाई पाँचै वर्ष चलाउनका लागि प्रमुख दलहरुको संयुक्त सरकार बनाउनुपर्ने बताए । उनले आपसमा भागबन्डा गरेर सरकार नबनाई एउटा सर्वमान्य व्यक्तिको नेतृत्वमा पाँचै वर्ष सरकार चलाउन सकिने उल्लेख गरे । उनले त्यसो गर्न नसकेमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताए ।

पूर्ण समानुपातिक प्रणालीमा जसले जति मत ल्याउँछ सोहीबमोजिम सरकारमा बस्ने मोडेल बनाउन सकिने उनको भनाइ छ ।

यस्तै, उनले शान्ति प्रक्रियाको काम सम्पन्न गर्न संक्रमणकालीन न्यायसँग सम्बन्धित कामहरु सहमतिमा छिटो टुंग्याउनुपर्नेमा जोड दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न

काठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी

युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु

एजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा

Techie IT