Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसमाजवादी मोर्चाको बैठकमा समसामयिक विषयवस्तुबारे छलफल, साँझ फेरि बस्ने

समाजवादी मोर्चाको बैठकमा समसामयिक विषयवस्तुबारे छलफल, साँझ फेरि बस्ने


काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठक सकिएको छ । बैठकमा सहभागी जनता समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्ठका अनुसार समसामयिक विषयवस्तुहरूबारे छलफल भएको थियो ।

बैठकमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि बढ्दो रुपमा प्रश्नहरू उठिरहेकोमा नेताहरूले चिन्ता व्यक्त गरेका थिए । यसलाई चिर्नका लागि विभिन्न सहरहरूमा सन्देशमूलक कार्यक्रम लैजाने समझदारी बैठकमा भएको छ ।

श्रेष्ठले भने, ‘अहिले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध कतिपय शक्तिहरू लागेका छन् । सरकारले तिनीहरूलाई निस्तेज पनि गर्दै आएको छ । फेरि पनि अहिले जे जति उपलब्धि हासिल भएका छन्, त्यसलाई संरक्षण गर्दै थप उपलब्धि प्राप्तिको लागि प्रयासरत रहनुपर्छ ।’

संघीयता कार्यान्वयनका लागि आवश्यक कानूनहरु छिटो निर्माण गर्नुपर्नेमा बैठकले जोड दिएको पनि नेता श्रेष्ठको भनाइ छ ।

बैठकमा सरकारले भ्रष्टाचारविरुद्ध उदाहरणीय काम गरेको भन्दै प्रशंसा भएको थियो । इतिहासमै अहिलेसम्म भ्रष्टाचारविरुद्ध धेरै काम गरेकोमा नेताहरूले सरकारलाई धन्यवाद दिएको नेता श्रेष्ठले बताए ।

मोर्चाको बैठक आज साँझ फेरि बस्ने भएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

Techie IT