Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमेरी छोरीमाथि भएको आक्रमण व्यवस्थामाथिकै हमला होः प्रधानमन्त्री

मेरी छोरीमाथि भएको आक्रमण व्यवस्थामाथिकै हमला होः प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नी छोरीमाथि भएको आक्रमण व्यवस्थामाथिकै हमला भएको बताएका छन् ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलको शेयर खरिदबारे छलफल गर्न मंगलबार प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने, मेरो परिवारमा अब तीन जना सदस्यमात्रै बाकी छन् । एउटा छोरी रेणु दाहाल चितवन महानगरपालिकाको मेयर छन् । अर्को छोरी मेरो सचिवालयमा काम गरिरहेको छ । त्यो बिचरा कस्तो छ, सबैलाई नै थाहा छ । उसलाई जोडेर कहिले उचालिएको छ, कहिले पछारिएको छ । यो लोकतान्त्रिक व्यवस्थाविरुद्धको हमला हो ।

बैठकमा सांसदहरुले एनसेलको शेयर खरिद गरेका गैरआवासीय नेपाली सतीशलाल आचार्यसँगको सम्बन्ध तथा प्रधानमन्त्री र उनकी छोरी गंगा दाहालको संलग्नता छ भनेर सांसद अमरेशकुमार सिंहले गरेको दाबीबारे समेत प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले शेयर खरिद बिक्री गर्नेहरुलाई चिनेको बताए । आफ्नी श्रीमती बिरामी भएका बेला सिंगापुर गएर उनीहरु कहाँ बसेको भन्दै उनले भने, ‘शेरबहादुर देउवा पनि बस्नुभएको छ, केपी ओली पनि बस्नुभएको छ । तर यसको अर्थ सिष्टमका विरुद्ध कोही जान्छ भन्न अनुहार हेरेर मानिँदैन । राष्ट्र र जनताको हित मुख्य हो ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

Techie IT