Techie IT
२०८१ माघ ९, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकोशी प्रदेशमा बन्द, हडताल र अबरोध नगर्न एमालेले आग्रह

कोशी प्रदेशमा बन्द, हडताल र अबरोध नगर्न एमालेले आग्रह


काठमाडौँ । मध्यपहाडी संकल्प यात्राका क्रममा कोशी प्रदेशमा बन्द,हडताल र अबरोध नगर्न नेकपा एमालेले आग्रह गरेको छ ।

नेकपा एमाले प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमले आज देखि कोशी प्रदेश प्रवेश गर्न लागेको अभियानलाई अवरोध हैन सफल बनाउन सहयोग गर्न पार्टीको तर्फबाट आग्रह गरेका हुन् ।

जनताको बिकास र सम्बृद्धिप्रतिको आकांक्षालाई सम्बोधन गरेर अघि बढ्नका लागि आयोजना गरिएको राष्ट्रिय अभियान भएकाले अभियानलाई छेक्ने,अवरोध गर्ने,बन्द गर्ने कार्य नगर्न उनले आन्दोलनरत पहिचानबादी समूहलाई आग्रह गरेका हुन् ।

एमालेलाई मात्रै निशाना बनाएर गरिने बन्द,हडताल लोकतान्त्रिक हुन नसक्ने नेता गौतमको भनाई छ । आफना असहमति भए औपचारिक रुपमा संबैधानिक र शान्तिपूर्ण ढंगले सम्बन्धित निकायमा राख्न उनले सुझाव दिएका छन् ।

कोशी नामको सवाल कोशी प्रदेश सभाको भएकाले कोशी प्रदेश सभामा राख्नुपर्नेमा उनको जोड छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पुराणवाचकको परीक्षा लिएर प्रमाणपत्र दिने तयारी

काठमाडाैँ । पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने व्यवस्था हुने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक

यौन दुर्व्यवहारको अभियोगमा इनड्राइभका चालक पक्राउ

काठमाडाैँ । प्रहरीले यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एक जना चालकलाई पक्राउ गरेको छ ।

टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की

गैँडाको आक्रमण बाट १ जनाको मृत्यु

चितवन । गैँडाको आक्रमण बाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । आक्रमण बाट घाइते निजको

चितवन महोत्सवमा कृषि गोष्ठी :रासायनिक विषादीको प्रयोग बढ्दै गएकोमा चिन्ता

काठमाडाैँ । चितवनमा चलिरहेको चितवन महोत्सवको अवसरमा भएको कृषि गोष्ठीमा रासायनिक विषादीको प्रयोग घटाउनुपर्नेमा विज्ञले जोड दिएका छन् । ‘स्वच्छ

तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दमौली बाट डुम्रे

Techie IT