काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले एनसेलको शेयर खरिदबिक्रीमा चलखेल भएको भन्दै बिरोध प्रदर्शन गरेको छ ।
मंगलबार एनसेल कार्यालय अगाडि अनेरास्ववियुले बिरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले एनसेलको आयव्यय सार्वजनिक गर, एनसेललाई राष्ट्रियकरण गर, विवादास्पद एनसेल शेयर बिक्रीको छानबिन गर, नो ट्याक्स, नो सिम, रिजेक्ट एनसेल, माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद, ट्याक्स चिटिङ इज अ क्राइम लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर बिरोध गरेका थिए ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले आफ्ना मागहरु पूरा नभए एनसेलका गाडीहरु समेत चल्न नदिने चेतावनी दिएका छन् ।