Techie IT
२०८१ फागुन ५, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिआजदेखि नेपाली कांग्रेस लुम्बिनीको पहिलो प्रदेश सम्मेलन बुटवलमा सुरु हुँदै

आजदेखि नेपाली कांग्रेस लुम्बिनीको पहिलो प्रदेश सम्मेलन बुटवलमा सुरु हुँदै


बुटवल । आजदेखि नेपाली कांग्रेस लुम्बिनीको पहिलो प्रदेश सम्मेलन बुटवलमा सुरु हुँदै छ । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शानिबारदेखि सुरु हुन लागेको सम्मेलनको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् ।

सम्मेलनका लागि नेता तथा प्रतिनिधि हिजोनै बुटवल आइसकेका छनु भने धेरै जसो आज मात्र आउने कांग्रेसका प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए । सम्मेलनको उद्घाटन आज दिउँसो १ बजे हुँदैछ ।

सो सम्मेलनमा वरिष्ठ नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी, दीपक गिरी लगायतका नेताले सम्बोधन गर्नेछन् ।

उद्घाटन सत्रमा करिब १० हजार नेता कार्यकर्ता आउने कांग्रेसको दाबी छ । कांग्रेसको प्रदेश सम्मेलनमा प्रदेशका कार्यसमितिसहित, जिल्ला सभापति, प्रदेश प्रतिनिधि सदस्य, सल्लाहकार, भातृ तथा शुभेच्क्षुक संस्थाका प्रतिनिधि गरी करिव ७ सयको सहभागीता रहने छ । उद्घाटन सत्रपछि राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस हुने छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज

काठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको बर्न अस्पतालमा उपचार, दुबैजना…

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख

Techie IT