काठमाडौँ । नेकपा एमालेले उपाध्यक्षहरुलाई विभागहरुको संयोजन गर्ने जिम्मेवारी तोकेको छ । शुक्रबर पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयल बैठकले जिम्मेवारीमा हेरफेर गर्दै वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुलाई जिम्मेवारी तोकेको हो ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार योजना तथा नीतिसँगसम्बन्धी विभागको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पूर्वाधार र विकाससँग जोडिएको विभागमा सुरेन्द्र पाण्डे, कृषि तथा उद्यमशीलतासम्बन्धी विभागमा रामबहादुर थापा, सामाजिक विकाससम्बन्धी विभाग अष्टलक्ष्मी शाक्य, मानवस्रोतसँगसम्बन्धी विभाग युवराज ज्ञवाली, सुशासन र सेवा प्रवाहसँग सम्बन्धी विभागका सुवासचन्द्र नेम्वाङ र संगठन तथा प्रशिक्षणसँग सम्बन्धी विभागहरुको संयोजन विष्णु पौडेलले गर्नेछन् ।
साथै, एमालेले संगठन विभागमा काशीनाथ अधिकारी, प्रचारको प्रमुखमा राजेन्द्र गौतमलाई तोकेको छ ।