Techie IT
२०८२ वैशाख १५, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकांग्रेस बागमती प्रदेशको सम्मेलन पुस ७ मा

कांग्रेस बागमती प्रदेशको सम्मेलन पुस ७ मा


काठमाडौँ। नेपाली कांग्रेस बागमती कार्यसमितिले आगामी पुस ७ गते बागमती प्रदेशको पहिलो सम्मेलन काठमाडौँमा गर्ने भएको छ। प्रदेश कार्यसमिति गठनपछि पहिलोपटक बागमती प्रदेशको सम्मेलन गर्ने भएको हो।

कांग्रेस बागमती प्रदेशको सम्पर्क कार्यालय काठमाडौँमा विहिबार बसेको कार्यसम्पादन समितिको बैठकले पुस ७ गते बागमती प्रदेशको पहिलो सम्मेलन गर्ने निर्णय भएको नेपाली कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले जानकारी दिए।

कार्यसम्पादन समितिको बैठकले सम्मेलन तयारीका लागि विभिन्न समितिहरु गठन गरिएको छ। प्रदेश सभापति ईन्द्रबहादुुर बानियाँको संयोजकत्व तथा सबै पदाधिकारी सदस्य रहेको मूल आयोजक समिति गठन गरेको छ।

त्यस्तै राजनीतिक प्रस्ताव तयारी उपसमिति संयोजक उपसभापति चन्द्र महर्जन, आर्थिक व्यवस्थापन उपसमिति संयोजक उपसभापति मोहन बस्नेत, सांगठनिक प्रस्ताव तयारी उपसमिति संयोजक महामन्त्री कन्चनचन्द्र वादे तथा सहयोजक सहमहामन्त्री ऋषिराम घिमिरे र आगामी वर्षको कार्यक्रम (क्यालेण्डर) तयारी उपसमिति संयोजक महामन्त्री राजु श्रेष्ठ तथा सहमहामन्त्री जीवन डंगोललाई तोकिएको छ।

त्यसैगरी कार्यसम्पादन बैठकले आर्थिक प्रतिवेदन तयारी उपसमितिमा कोषाध्यक्ष दीर्घमान श्रेष्ठ, सम्मान उपसमिति सहमहामन्त्री ऋषिराम घिमिरे, खाना ब्यवस्थापन उपसमिति सहमहामन्त्री हरिशरण श्रेष्ठ, स्वागत उपसमिति सहमहामन्त्री जीवन डंगोल, प्रचारप्रसार उपसमिति प्रवक्ता तिलक रुवाली, शुभकामना प्रायोजन तथा रजिष्ट्रेशन उपसमिति निमा लामा, निमन्त्रणा उपसमिति दीपेन्द्र आचार्य, कार्यपछिको प्रतिवेदन तयारी उपसमितिमा उज्जवलराम घिमिरे, हल, मञ्च, स्वागत गेट र व्यवस्थापन उपसमितिमा कोकि अस्तानी मगर, स्वास्थ्य शिविर डा. अमित सिं कार्की, सांस्कृतिक कार्यक्रम धनकुमारी थापा सरु, स्वयमसेवक परिचालन प्रज्वल दवाडी र रक्तदान कार्यक्रम संयोजकमा कुमार दुलाललाई तोकेको र संयोजकहरुले आवश्यक्ता अनुसार प्रदेश कार्यालयमा जानकारी दिई सदस्यहरु थप्न सक्ने प्रवक्ता रुवालीले जानकारी दिएका छन्।

प्रवक्ता रुवालीका अनुसार काठमाडौँमा हुने पहिलो सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यता तथा केन्द्रीय पदाधिकारीहरु र सातै प्रदेशका प्रदेश सभापतिहरुको समुपस्थितिमा सम्मेलन हुने बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौता

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस

विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति

तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।

अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय

इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार

लन्डनमा स्ट्याण्डअप कमेडीमा उत्रिँदै राजेश हमाल

काठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा

‘समयभित्रको समय’ सार्वजनिक

काठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी

Techie IT