Techie IT
२०८१ पुस ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिपहिचानका नाममा जनतालाई विभाजित गर्न खोजियोः केपी ओली

पहिचानका नाममा जनतालाई विभाजित गर्न खोजियोः केपी ओली


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानका नाममा जनतालाई विभाजित गर्न खोजिएको बताएका छन्। झुलाघाट–चिवाभञ्ज्याङ ‘संकल्पयात्रा’का क्रममा बिहीबार बैतडीको गोठलापानीमा आयोजित पहिलो दिनको सभामा उनले यस्तो बताएका हुन्।

पहिचानको मुद्दा सबैभन्दा बढी एमालेले सम्बोधन गरेको जिकिर गर्दै ओलीले अरूमाथि घृणा फैलाउने, आतंक मच्चाउने विषय पहिचानको राजनीति हुन नसक्ने बताए।

‘अरूमाथि घृणा गर्ने, हिंसा फैलाउने, आतंक मच्चाउने पहिचानको राजनीति हुन सक्दैन। पहिचानको राजनीतिका नाममा जनता भाँड्ने, राष्ट्रिय एकता तोड्ने हाम्रो वैरीहरूलाई मद्दत पुर्‍याउने कुरा हो,’ ओलीले भने, ‘देशलाई अनेकतामा लाने, एकताबद्ध हुन नदिने कुरा हो।’

उनले विश्व धेरै अघि बढ्दा नेपाल भने ओरालो लागिरहेको बताए। आफू सरकारबाट बाहिरिएको अढाई वर्षमा देशको अर्थतन्त्र ओरालो लागेको उनको भनाइ छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रपति समक्ष पाँच राजदूतको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा

छायाङ्कनमा निस्कन लागेको चलचित्र ‘सोल्टिनी’को पोस्टर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’ को छायाङ्कन सुरु हुनु अगाडि यसको पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको घोषणासँगै एक छोटो

छोराको कुटपिटबाट बुवाको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकमा आफ्नै बुवाको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मेलम्ची नगरपालिका–१०, शिखरपुरका ५० वर्षीय यदुबहादुर

नवलपुरका २५ किसान समूह व्यावसायिक प्याजखेती गर्दै

नवलपरासी । नवलपुरमा २५ किसान समूहले व्यावसायिक प्याजखेती शुरु गरेको छन् । जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन

व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरेका छन् ।जग्गा भाडामा

बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास

काठमाडौं । बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत असोज ११ र १२ को वर्षासँगै आएको

Techie IT