गृहपृष्ठ ∕ राजनीति ∕ मुलुकको समृद्धिका निम्ति एकजुट हुनुपर्नेमुलुकको समृद्धिका निम्ति एकजुट हुनुपर्ने नेपालीपत्र शनिबार, २०८० मंसीर ९ गते, ०६:५३ मा प्रकाशित राजनीति काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको समृद्धिका निम्ति राजनीतिक दललगायत समाजका सबै वर्ग एकजुट हुनुपर्ने बताएका छन् ।नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले सुशासन प्रवर्द्धन गर्दै सामाजिक न्यायमा आधारित आर्थिक रुपान्तरण देशको अहिलेको आवश्यकता भएको बताए ।जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति गराउन सुशासन कायम गर्नु अपरिहार्य भएको औँल्याउँदै उहाँले उत्पादकत्व वृद्धि तथा रोजगारीका अवसर सृजना नगरी सामाजिक रुपान्तरण कठिन हुने विचार व्यक्त गरे ।सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धका गतिविधि परास्त गर्न सबै लोकतान्त्रिक शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री नेपालले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको रक्षा नै सर्वोपरि भएको बताए । #माधवकुमार नेपालग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियोकाठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकरएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशितएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइतेडोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको काठमाडौं उपत्यकामा वर्षाकाठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानीधेरै पढिएका खबर १ थापाको ‘आमा नभएको घर’ प्रकाशित २ रवि लामिछाने कारागार चलान ३ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ४ गाजाको विद्यालयमा इजरायलले गरेको आक्रमणमा २७ जनाको ज्यान गयो ५ डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना घाइते ६ पशुपतिनाथ मन्दिर उत्तराखण्डमा भन्ने समाचारमा सत्यता छैनः पशुपति क्षेत्र विकास कोष ७ वायुमा प्रदूषण उच्च: अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोधThe Film Nepal