गृहपृष्ठ ∕
राजनीति ∕
पार्टी प्यालेसबाट महिलाहरूलाई निकालेको घटनामा युवा संघको संलग्नता छैनः ओली पार्टी प्यालेसबाट महिलाहरूलाई निकालेको घटनामा युवा संघको संलग्नता छैनः ओली
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्यालेसबाट महिलाहरूलाई निकालेको घटनामा युवा संघको संलग्नता नभएको दाबी गरेका छन्। बुधबार पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन्।
मंगलबार राति एक समूहले भक्तपुर लोकन्थलीस्थित पार्टी प्यालेसबाट महिलाहरूलाई हटाएको थियो। सो घटनामा युवा संघको संलग्नता नभएको दाबी ओलीले गरेका हुन्। उनले एमालेलाई विभिन्न झुट्टा आरोप लगाएर बदनाम गर्ने काम भइरहेको बताए।
‘अहिले स्वार्थी तत्वहरू सडकमा खुलेआम छन्, हामीलाई बदनाम गराउन लागिपरेका छन्। भिडिओ आएपछि मैले युवासंघका साथीहरूलाई फोन गरेर सोधें, उहाँहरूले पनि भिडिओ हेरेर थाहा पायौं भन्नुभएको छ, युवा संघको संलग्नता छैन भन्नुभएको छ।’
ओलीले यस्ता घटनामा जसको संलग्नता भए पनि कारबाही हुनुपर्ने बताए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले
एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति