काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंको नेतृत्वमा मंसिर ७ गते हुन लागेको प्रदर्शनबारे टिप्पणी गरेका छन् ।
शनिबार पार्टीको जनसंगठन समन्वय संयन्त्रको कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रतिक्रियावादी शक्तिहरु देशभरबाट मान्छे उतार्न लागेको टिप्पणी गरेका हुन् ।
उनले दुर्गा प्रसाईको नाम नै नलिई भने,‘एउटा कसै कसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरु जोडतोडले लागेका छन् देशभरिबाट काठमाडौंमा मानिसहरु उतार्न, ती मानिसहरु आएर काठमाडौंमा कुनै केही हुने होइन, काठमाडौं फोहोर मात्र हुने हो ।’
उनले देशमा अनियमितता र बेथितीले सीमा नाघेको समेत बताए । उनले सरकारलाई तत्काल सच्चिन र खबरदारी गर्न आफुहरुले प्रयास गरिरहेको उनले बताए ।
उनले अहिलेको अनियमितता र बेथितिको कारण गठबन्धन सरकार रहेको आरोप लगाए ।
नेकपा एमालेका युवा विद्यार्थीले पनि मंसिर ७ गते काठमाडौंमा प्रदर्शन कार्यक्रम राखेको छ ।