Techie IT
२०८१ फागुन १३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिविधेयक पारित गर्नमा मन्त्रीहरुको गम्भीरता देखिएन: अध्यक्ष तिमिल्सिना

विधेयक पारित गर्नमा मन्त्रीहरुको गम्भीरता देखिएन: अध्यक्ष तिमिल्सिना


काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक पारित गर्नमा मन्त्रीहरुको गम्भीरता नदेखिएको बताएका छन् । आज एक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले विधेयक पारित गर्नका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले गम्भीरता नदेखाएका बताएका हुन् ।

उनले मन्त्रीहरुले विधेयक ल्याउनका लागि नै चासो नदेखाएका बताउनुभयो । त्यस्तै संसद र समितिमा विधेयकको सम्बन्धमा छलफल भइरहँदा पनि मन्त्रीहरु अनुपस्थित हुनेगरेको भन्दै उहाँले यसबाट मन्त्रीहरुमा विधेयकप्रति कुनै गम्भीरता नभएको स्पष्ट हुने बताए । संसदमा विधेयकको सम्बन्धमा छलफल भइरहँदा पनि मन्त्रीहरु अन्य काममा हिँड्नेगरेको उनले बताए । मन्त्रीहरुले आफ्नो विधेयक कहाँ पुग्यो भनेर सोधखोज समेत नगर्ने गरेको उनको भनाइ छ ।

अध्यक्ष तिमिल्सिनाले विधेयकलाई गुणस्तरीय बनाउनका लागि विधेयकको मस्यौदा बनाउँदादेखि नै ध्यान दिनुपर्ने बताए । उनले विधेयकको मस्यौदा गर्दा सम्बन्धित विषयको गाम्भीर्यता, दूरगामी प्रभाव तथा राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताए । उनले आफ्नो हितलाई मात्रै केन्द्रबिन्दुमा राखेर विधेयक निर्माण गर्न नहुने भन्दै त्यसो गरिएमा विधेयकमा गुणस्तरीयता नआउने बताए ।

उनले भने, ‘विधेयकहरु कति गुणस्तरीय आयो, आएनन् फरक–फरक कुरा हुन सक्छ विधेयकहरुको । विधेयक ड्राफ्ट गर्ने ठाउँबाट नै ध्यान दिने कुरा हो । जुन मन्त्रालय अन्तर्गत त्यो विधेयक तयार हुन्छ । त्यहाँ त्यसको गम्भीरता, त्यसको दूरगामी प्रभाव, त्यसले राष्ट्र र जनताको लागि हुने हित, फाइदा के हो ? सुशासन र न्यायको निम्ति कस्तो प्रत्याभूति गर्छ ? यी सबै कुरामा ध्यान दिनुपर्छ ।’

उनले विधेयक गुणस्तरीय र प्रभावकारी नआउनुमा सरकार, संसद, सांसदहरु र मतदाताहरु समेतको भूमिका भएको भन्दै सबैले आ–आफ्नो भूमिका राम्रो बनाउनुपर्नेमा जोड दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज

काठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

Techie IT