Techie IT
२०८२ वैशाख १४, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीति‘सरकार कति समय टिक्छ भन्ने कुराभन्दा पनि सरकारमा रहेर जनताका लागि के राम्रो काम गर्न सकियो भन्ने कुरा पहिलो प्राथमिकता’

‘सरकार कति समय टिक्छ भन्ने कुराभन्दा पनि सरकारमा रहेर जनताका लागि के राम्रो काम गर्न सकियो भन्ने कुरा पहिलो प्राथमिकता’


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार कति समय टिक्छ भन्ने कुराभन्दा पनि सरकारमा रहेर जनताका लागि के राम्रो काम गर्न सकियो भन्ने कुरा आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्

शनिबार कीर्तिपुरका जनतासँग साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त धारणा व्यक्त गरेका हुन् ।

सरकार कति समय टिक्छ भन्ने कुराभन्दा पनि सरकारमा रहेर जनताका लागि के राम्रो काम गर्न सकियो भन्ने कुरा आफ्नो पहिलो प्राथमिकता रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले भने, “सरकार कति समय टिक्छ भन्ने सोचाई मेरो छैन, सरकारमा रहँदा जनताको पक्षमा के राम्रो काम गर्न सकियो भन्ने कुरालाई प्राथमिकतामा राखेको छु । ”

उनले भने, “सरकार संविधान, लोकतन्त्रको रक्षा गर्दै समाजवाद उन्मुख दिशामा अघि बढिरहेको छ । यसको विरुद्ध भइहरेको देश–विदेशी चलखेललाई परास्त गर्दै समाजलाई उन्मुख बनाउने अभिभारा सरकारले लिएको छ । यसलाई सफल पार्छौँ ।”

पछिल्लो समय भएका विदेश भ्रमणका क्रममा नेपालको हितमा थुप्रै सम्झौताहरू भएका उनको भनाइ छ । सरकार नेपाली जनताको आर्थिक विकासको पक्षमा समेत रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लन्डनमा स्ट्याण्डअप कमेडीमा उत्रिँदै राजेश हमाल

काठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा

‘समयभित्रको समय’ सार्वजनिक

काठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

इरानको बन्दरगाह विस्फोट अपडेट: १४ जनाको मृत्यु, ७५० जना घाइते

एजेन्सी । इरानको बन्दरगाहमा शक्तिशाली विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित महत्वपूर्ण बन्दरगाह शाहिद

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न

काठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया

Techie IT