गृहपृष्ठ ∕
राजनीति ∕
पौडेललाई वर्षमानको जवाफः जनयुद्ध दिवस मनाउने निर्णय हुँदा तपाई उपप्रधानमन्त्री हुनुहुन्थ्यो पौडेललाई वर्षमानको जवाफः जनयुद्ध दिवस मनाउने निर्णय हुँदा तपाई उपप्रधानमन्त्री हुनुहुन्थ्यो
काठमाडौँ। जनयुद्ध दिवस मनाउनेबारे नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई जवाफ दिएका छन्।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा एमाले उपाध्यक्ष पौडेलले जनयुद्ध सुरू भएको दिनलाई उत्सवका रुपमा लिन नसकिने बताएका थिए। उनले जनयुद्ध दिवसका दिन सार्वजनिक विदा दिने निर्णय फिर्ता लिन आग्रह गरेका थिए। फिर्ता लिन नसके सदनमा प्रस्ताव ल्याउन उनले चुनौती दिएका थिए।
जवाफमा माओवादीका उपमहासचिव पुनले एमाले समेत सहभागी सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेको स्मरण गराए।
‘जनयुद्ध दिवसको बारेमा म स्मरण गराउन चाहन्छु (माघ १९ गते त्यो निर्णय भएको रहेछ। पूर्व वक्ता (विष्णु पौडेल) माननीय ज्यू उपप्रधानमन्त्री हुनुहुँदो रहेछ। त्यही मन्त्रिपरिषदले निर्णय गरेको रहेछ’ पौडेललाई पुनले जवाफ फर्काए। आफैँले निर्णय गर्ने र अर्को ठाउँमा पुगेर आलोचना गर्ने संस्कार गलत भएको उनको भनाई छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट
कास्की । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाल असंख्य सम्भावना नै सम्भावनाको कुञ्ज भएकाले नेपाली युवाहरूले स्वदेशमा उद्यमशीलता गरेर बस्नुपर्ने
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनकी धनिसरा सिञ्जाली हिजोआज व्यावसायिक रूपमा दुनाटपरी बनाउन थालेकी छन् ।
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको वार्तापछि युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता हुने विश्वास
काठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का
काठमाडौँ । २०८२ बैशाख १२ मा प्रदर्शन हुने चलचित्र ‘भूठान’का निर्माता अविरल थापाले ठक्कर’ बोलको गीत युट्युव च्यानल अवेकन प्रोडक्सनबाट