गृहपृष्ठ ∕
राजनीति ∕
प्रधानमन्त्रीको भारत भ्रमण अगाडि नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति एमाले महासचिवको आपत्ति प्रधानमन्त्रीको भारत भ्रमण अगाडि नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति एमाले महासचिवको आपत्ति
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिकता विधेयक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणअघि प्रमाणीकरण गरेकोप्रति आपत्ति जनाएका छन्। बुधबार सामाजिक संजालमा एक पोस्ट गर्दै नेता पोखरेलले सो आपत्ति जनाएका हुन्।
अघिल्लो संसद्ले दुई पटक पारित गरेको भए पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले निष्कृय बनाएको विधेयक रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि भारत भ्रमणको पूर्व सन्ध्यामा प्रमाणीकरण गर्नुपर्ने बाध्यता के आइलाग्यो? भन्दै उनले प्रश्न गरे।
विधेयक प्रमाणीकरणले ५ प्रश्नको उत्तर खोजेको बताएका छन्।
यस्ता छन् उनको पाँच प्रश्न
- नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले स्थापित गरेको भर्डिकलाई उपेक्षा गर्न मिल्छ?
- सम्माननीय पूर्व राष्ट्रपतिज्यूले अघि सार्नुभएको गम्भीर प्रश्नहरूको उत्तर दिने कर्तव्यबाट सरकार र संसद् भाग्न मिल्छ?
- प्रादेशिक पहिचान सहितको नागरिकताको संवैधानिक प्रबन्धको ठाडो उलङ्घन गर्न मिल्छ?
- नयाँ जनादेशको उपेक्षा गरेर निष्क्रिय विधेयकलाई प्रमाणीकरण गर्न मिल्छ?
- संविधानको संरक्षक सम्माननीय राष्ट्रपतिज्यूलाई यस सन्दर्भमा के बाध्यता आइलाग्यो? उत्तर दिनु पर्दैन र?
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सकारात्मक र सक्षम युवा नै समाज रुपान्तरणका नायक बन्नसक्ने बताएका छन्
काठमाडौं । प्रमुख प्रतिपक्षीलगायत प्रतिपक्षी दलले गृह मन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेका छन् । सङ्घीय संसद् भवन नयाँ
काठमाडौं । कास्कीको फुलिबाङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय निर्देशक विजय केरुङले नयाँ चलचित्र ‘परिवर्तन’ निर्देशन गर्ने भएका छन्
सोलुखुम्बु । सदरमुकाम सल्लेरीको फाप्लु विमानस्थलबाट काठमाडाैँ हप्तामा चार दिन नियमित उडान हुन थालेको छ । नेपाल एयरलाइन्सले हप्ताको चार
काठमाडौँ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ ।